राजनीति

कांग्रेसले प्रचार-प्रसारका लागि बनायो १३ उपसमिति



काठमाडौँ, २ कार्तिक । नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको हो ।

बैठकले केन्द्रीय सदस्य डा. डिला संग्रौलाको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जितजंग बस्नेतको संयोजकत्वमा जिल्ला सम्पर्क समिति समन्वय प्रचार-प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।

यसैगरी, सूचना संकलन तथा अनुगमन उपसमितिका संयोजकमा नैनसिंह महर, सामाजिक सञ्जाल प्रसार-प्रसार उपसमितिका संयोजकमा राजीव ढुंगाना, रेडियो एफएम समन्वय तथा प्रचा-प्रसार उपसमितिको संयोजकमा गंगा लक्ष्मी अवाल, सांस्कृतिक समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजकमा विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजकमा उर्मिला थपलिया रहेका छन् ।

अनलाइन मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक किरण गिरी, प्रवास समन्वय प्रचार-प्रसार उपसमितिका संयोजक किरणराज शर्मा, छापा माध्यम समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादन उपसमितिका संयोजक डा. प्रभु बुढाथोकी र खेलकूद क्षेत्र समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक कर्माछिरिङ शेर्पा मनोनित भएका छन् ।