समाचार

सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार



सर्लाही, २ कार्तिक । जिल्लाको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ ।

सर्लाही प्रहरीका अनुसार मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको छ । उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ ।

गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी प्रहरीले जनाएको छ । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।