राजनीति

पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौँ, २ कार्तिक । निर्वाचन आयोगले बारा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उमेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण मागेको हो ।

नेकपा (एकीकृत समाजवादी)का उमेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उमेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।