Banner News

आदिवासी जनजातीसंग एमाले अध्यक्ष ओली भोली भोली संवाद गर्दै



काठमाडौं, ३ कात्तिक । नेपाल लोकतान्त्रिक जनजाति महासंघको संयोजनमा भोली शुक्रबार नेकपा९एमाले० अध्यक्ष ओलीले अन्तरसम्वाद गर्नुहुने भएको छ । अध्यक्ष ओलीले भोलि ४ गते शुक्रबार नै सर्वसाधारणसँग टेलिफोन अन्तरक्रिया गर्ने समय छुट्ट्याउनु भएको छ ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।