राजनीति

कांग्रेसकाे केन्द्रीय निर्वाचन परिचालन समितिमा १८ सदस्य थप



काठमाडौँ, ३ कार्तिक । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिमा १८ सदस्य थप भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार १८ जना थप गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

सो समितिका लागि प्रधानमन्त्रीसमेत रहेका देउवाले सदस्य थप गरेको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।