काठमाडौँ, ५ कार्तिक । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्