मकवानपुर, ५ कार्तिक । मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङस्थितमा फाष्ट ट्र्याक निर्माणको लागि राखिएको फलामको सामनहरु चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जितपुर भञ्ज्याङ स्थितमा फास्टट्रयाक निर्माणको लागी राखिएको फलामको सामानहरु चोरी गरी लैजादैं गरेको अवस्थामा शुक्रबार ना ५ च १४४३ नम्बरको बोलेरो गाडी र बा ५५ च ८५०२ नम्बरको मोटरसाइकलसहित ४ जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरुमा बोलेरो चालक मकवानपुरगढी-२ क ३३ वर्षीय ईन्द्र बहादुर बिक, बोलेरोमा सवार बकैया-१२ कोलखोपका २२ वर्षीय अबिरल घलान रहेका छन् । यसैगरी पक्राउ पर्नेमा बोलेरोमा सवार कोलखोपका २४ वर्षीय दिनेश लामा बम्जन र मोटरसाइकल चालक ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन् ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फलामको सामनहरु अन्दाजी १३ क्वीन्टल बराबरको रहेको छ ।










प्रतिक्रिया दिनुहोस्