समाचार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



बर्दिया, ५ कार्तिक । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको हो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढेको छ । रासस