समाचार

४३ जनामा कोरोना संक्रमण, ४८ जना डिस्चार्ज



काठमाडौँ, ५ कार्तिक । थप ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ४१६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ सय १६ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ६८२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १८ जना रहेको मन्त्रालयले जनाएको छ ।