अर्थ

राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने



काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ १० गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ ।