समाचार

आजको मौसम



काठमाडौँ, ८ कार्तिक । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक वदली रहेको छ । बाँकी भ–ूभागहरूमा मौसम सामान्यता सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार आज प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का थोरै स्थान र वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।