समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



धनुषा, ८ कार्तिक । दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको हो ।

दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।