Banner News

१६ जनामा कोरोना संक्रमण, ४४ जना डिस्चार्ज



काठमाडौँ, ८ कार्तिक । थप १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५०९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ सय ६२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ८२८ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।