समाचार

७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौँ, ९ कार्तिक । भक्तपुरमा नाबालिक बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–१ घर भइ भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय रामचन्द्र दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।