काठमाडौं, १२ कार्तिक । भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी १५० भन्दा बढि नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
आज सूर्यविनायकको शुभकामना पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरेर एमाले पोलिटब्यूरो सदस्य तथा आगामी निर्वाचनमा भक्तपुर–२ बाट प्रतिनिधिसभाकाउम्मेदवार महेश बस्नेतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।
यसरी एमाले प्रवेश गर्नेहरुमा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं २ का उमेदवारसुनिल तज, माओवादी केन्द्रका दिपक महत, विपी काङ्ग्रेसका जिल्ला अध्यक्ष डा। रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दाबढि नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
बस्नेतले आफ्नो दल देशको विकास र समृद्धिको लागि विशेष संकल्प लिएर अघि बढेको बताउनु भयो । उहाँले संघीय लोकतन्त्रलाईबलियो बनाउने कुरामा आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
बस्नेतले न्यायालयमा सेटिङमार्फत गलत हर्कत भैरहेको उल्लेख गर्दै यीसबै बेथिति ठिक पार्ने प्रतिवद्दता जनाउनु भयो। युवाहरुको सिप तथा ज्ञानलाई अधिकतम प्रयोग गर्ने पनि उहाँको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्