राजनीति

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश



कास्की, १२ कार्तिक । नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेपाली पार्टी प्रवेश गरेको एमाले हो । एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्दै नेपालीले नेकपा एस नामको पार्टी नेपालमा नरहने दावी गरे । ‘विधिको कुरा गर्ने तर विधि नमान्ने नेकपा एस नामको पार्टी रहन्न, नेकपा एमाले कुनै हालतमा सकिन्न,’ नेपालीले भने ।