समाचार

भेरी नदीमा डुबेर दुई जना बेपत्ता



सुर्खेत, १२ कार्तिक । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो २ बजे बनभाेज खान गएका वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय दिपक थापा भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।