काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन । उनले घटनाले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्