समाचार

पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु



काठमाडौँ, १४ कार्तिक । बागबजारमा आफ्नै घरको पाचौँ तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा सोमबार बिहान करिब पौने १ बजे मृत्यु भएको हो ।

उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको छ ।