विराटनगर, १४ कार्तिक । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका–१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको हो । गएराति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको र छुरा हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनको दाहिने कोखामा छुरा प्रहार भएको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्नको पहिचान खुल्न बाँकी रहे पनि उर्लाबारीको हाटखोलामा बस्ने च्यान्टे भनिने युवाको समूहले घटना गराएको आंशकामा उनीहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्