रोल्पा, १५ कार्तिक । रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो ।
उनी घरबाट नजिकै रहेको भिरबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो । राना करिब १५० मिटर तल खसेका थिए । रानाले सोमबार बिहानैदेखि मदिरा सेवन गरेको खुलेको छ। उनी घर फर्किंदै गर्दा भिरबाट लडेका थिए । रानाको शव पोस्टमर्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्