समाचार

विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सिरहा, १५ कार्तिक । सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनगढीमाई नगरपालिका ७ मा विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । एक युवती घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डलको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।