Banner News

२९ जनामा कोरोना संक्रमण, २३ जना डिस्चार्ज



काठमाडौँ, १५ कार्तिक । थप २९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५८५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय २८ जना रहेका छन ।

मन्त्रालयका अनुसार २३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ३८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।