समाचार

आजको मौसम



काठमाडौँ, १६ कार्तिक । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्य बदलीदेखि सफा रहने जल तथा मौसम विज्ञान विभागकले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।त्यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।