काठमाडौँ, १६ कार्तिक । आफ्नै सहकर्मी महिला प्रहरीलाई बलात्कारको प्रयास गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) जेल चलान भएका छन् ।
धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगानालाई पूर्पक्षका लागि जेल चलान गर्न अदालतले आदेश दिएको हो ।
गत असोज १६ गते बिहान १ बजे इन्स्पेक्टर अपूर्वले ब्यारेक भित्रै बलात्कारको प्रयास गरेको भन्दै महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्