काठमाडौँ, १७ कार्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ ।
आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै काठमाडौँ उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर अधिकतम २४ डिग्री सेल्यिससम्म पुग्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्