नवलपरासी, १७ कार्तिक । नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् ।
भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्