समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ



मोरङ, १७ कार्तिक । मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।