राजनीति

राष्ट्रपतिलाई गराइयो निर्वाचन तयारीबारे जानकारी



काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराएका थिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोग क्रियाशील रहेको उनले बताए ।

राष्ट्रपति भण्डारीले निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गरिन् । भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास समेत उनले व्यक्त गरिन् ।