समाचार

मोटरसाइकलकाे ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, १८ कार्तिक । काठमाडौँको अनामनगरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ६ बजेतिर प्रदेश-३ ०२ ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको रित्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा काठमाडौँ मोडल अस्पतलामा बेलुका पौने सात बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।