चितवन, १८ कार्तिक । जिल्लाको कालिका नगरपालिका–७, गैँडाखोलामा बोलेरो जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार गए राति करिब सवा २ बजे ना३च ७१७८ नम्बरको जीपले पैदल हिँडिरहेका स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्