काठमाडौँ, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्री, र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन ।
प्रचण्ड आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । उनले आफूलाई अत्यधिक मतले जिताउन आग्रह गर्दै भने, “गोरखाको जित संसारले पनि देख्नुपर्छ । यहाँको निर्वाचनमा हामीले राम्रोसँग एक ढिक्का भएर मतदान गर्यौँ भने त्यसले शक्ति प्रदान गर्नेछ ।”
प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको प्रचण्डको भनाइ छ ।
“सुरेन्द्रराज पाण्डेजी खाली प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ,” उनले भने, “फणिन्द्र देवकोटा एउटा युवाको रूपमा प्रदेशको मन्त्री हुने सम्भावना पनि त्यतिकै छ । मलाई सुरेन्द्रजीहरूले भन्ने गरेको यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ ।”सत्ता गठबन्धन तत्कालीन १२ बुँदे सहमतिको नयाँ कडी भएको बताएका छन् । शुक्रबार गोरखामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
“यो त्यही गठबन्धन हो, जुन गिरिजाप्रसाद कोइराला र मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दाको त्यही सम्झौताको नयाँ कडी हो । १२ बुँदे समझदारी जो जो नेताहरूले गरिएको थियो, त्यही नेताहरूको सहमतिको नयाँ कडी नै हो यो गठबन्धन,” प्रचण्डले भने ।










प्रतिक्रिया दिनुहोस्