समाचार

एक पुरुष मृत अवस्थामा फेला



वीरगञ्ज, १९ कार्तिक । वीरगञ्ज भन्सार क्षेत्रमा अन्दाजी ४० वर्षका व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ शव भेटिएको हो ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र मृत्युुको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । बिहान चिया खाएर सडकमा हिँड्दै गर्दा अचानक लडेका उनको होस नखुलेको प्रत्यक्षदर्शीले बताएका छन् ।