समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



रामेछाप, १९ कार्तिक । जिल्लाको उमाकुण्ड गाउँपालिका–५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडामा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।