काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले जनताको घरदैलोमा पुगेर आफू बिजयी भएपछि विकास निर्माणका बाँकी काम गर्ने पनि बताए ।
‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ,’ उनले भने । उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउने विश्वास व्यक्त गरेका थिए ।
घरदैलोका क्रममा स्थानीयले सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ क्षेत्रमा विगतमा जस्तै ध्यान दिन आग्रह गरेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्