नवलपरासी पूर्व, २० कार्तिक । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुंगे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर–४ र ५ जोड्ने केरुंगे खोलामा बर्सेनि आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।
नवलपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका कोइरालाले केरुंगे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका छन् । खोलाको दुवै छेउमा पाँच/पाँच सय मिटरको ड्याम बाँध्नुपर्नेमा ५० मिटर मात्र छेकबार लगाइएको छ ।
स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले जनधनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताइन् । रासस










प्रतिक्रिया दिनुहोस्