समाचार

१० जना जुवाडे पक्राउ



काठमाडौँ, २० कार्तिक । काठमाडौँको नयाँबजारबाट १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६, नयाँबजारस्थित गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई दुई लाख ४२ हजार रुपैयाँ, कौडा १६ र मोबाइल ११ वटासहित पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।