काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन विचारहिन र दिशाहिन रहेको बताएका छन् ।
आज पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । उनले भने, ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’
गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने– ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियो । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’ आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।‘ लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् । यो विचारहिन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक–फरक घोषणापत्र बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग भुटो आश्वासन दिइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्