काठमाडौँ, २१ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ ।
पार्टी महासचिव डा वेदुराम भुसालले अज एक विज्ञप्ति जारी गर्दै देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको बताइएको छ । उनीहरुलाई पार्टी विधानको कारा ६४(क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्