Banner News

एमालेका विरुद्ध देउवा र प्रचण्डले नक्कली मीत लगाएः ओली



काठमाडौ,२४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्ना कार्यकर्ता मार्ने पुष्पकमल दाहाल ए लाई काँधमा लिएर हिँडेको टिप्पणी गरेका छन् ।
झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका चार(पाँच सय कार्यकर्ता माओवादीले मारेको थियो । अहिले त्यही माओवादी काँधमा बोकेर हिँडेको छ । शेरबहादुरलाई बम हालेको थियो धन्न बचेका थिए । प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे । काँधमा बोक्न लेखेको ।’
उनले शेरबहादुर देउवा र प्रचण्डले नक्कली मीत लगाएको समेत बताए । चुनावपछि सत्ताको लागि देउवा र प्रचण्डको वारपार ओलीको जिकिर गरे ।

ओलीले भने, ‘प्रचण्डजीलाई शेरबहादुरजीले टाउकाको मोल ५० लाख तोकेका थिए । शेरबहादुरका पछिपछि लाग्न जुरेको रहेछ । उनी पनि पक्राउ परेनन् । पक्राउ परेको भए ५० लाख कसैले इमान लिन्थ्यो । आज दुईजना एमालेविरुद्ध नक्कली मीत लगाएका हिँडेका छन् । यीनिहरूको मीत सक्कली होइन । चुनावपछि के हुन्छ हेर्दै जानुहोला ।’
संसदबाट एमाले सरकार ढाल्न जनताले भोट नदिएपछि अदालत गएर जालझेल गरेर आफूलाई सरकारबाट हटाएको उनको आरोप छ ।

‘हामीले गरेको काम म सबै यहाँ भन्न सक्छु । तर, कांग्रेस नेताहरूलाई चुनौती दिएर भन्न चाहन्छु एउटा काम यो गरेँ भनेर अगाडि आउनुस् । २१ वर्ष सरकारको नेतृत्व गर्दा के चाहिँ काम गर्नुभयो रु कांग्रेसका साथीहरूले जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ ।