समाचार

स्कुल बसको ठक्‍करबाट एक बालकको मृत्यु



जुम्ला, २५ कार्तिक । जुम्लामा बसको ठक्‍करबाट एक बच्चाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिदा अन्दाजी ११ वर्षका राजेश गिरीको मृत्यु भएको हो ।

दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । बस र चालक प्रहरीको नियन्त्रणमा छ।