समाचार

रौतहटमा आगलागी



रौतहट, २५ कार्तिक । जिल्लाको दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गएराती आगलागी भएको छ ।

आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् ।

लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।