राजनीति

एमालेद्वारा भक्तपुर–२ को ‘बृहत निर्वाचन सभा’ कार्यतालिका सार्वजनिक (तालिकासहित)



भक्तपुर, २६ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ले बृहत खुल्ला सभाको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले कार्तिक १७ गते देखी घरदैलो तथा खुल्ला सभा गर्न अनुमति दिएपछि भक्तपुर एमालेको चुनावी प्रचार प्रसार तिव्र बनेको छ । यसै क्रममा एमाले भक्तपुर क्षेत्र नं. २ ले घरदैलो कार्यक्रमको साथ साथै चुनावी सभाहरुलाई समेत सँगसँगै लैजाने भएको छ । एमालेले भोलीदेखी कोणसभा शुरु गर्ने कार्यतालिका बनाएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

यस्तो छ कार्यतालिका

एमाले आज कार्तिक २६ गते दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका वडा नं. ५ चक्रपाणी चोकमा प्रदेश स्तरीय पहिलो खुल्ला भा आयोजना गर्ने भएको छ । त्यस्तै २७ गते दिउँसो ३ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार, २८ गते दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट, २९ गते दिउँसो ३ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेमा प्रदेश स्तरीय खुल्ला सभा गर्ने भएको छ भने मंसिर १ गते क्षेत्र नं. २ को क्षेत्रीय स्तरको खुल्ला सभा मध्यपुर नगरपालिका वडा नं. ६ चपाचोमा दिउँसो ३ बजे आयोजना गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।