ललितपुर, २६ कार्तिक । ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा गएरातिदेखि बिजुली अवरुद्ध भएको छ । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले बिहानदेखि प्राविधिक खटाएर मर्मतको काम थालिने विद्युत् प्राधिकरण लगनखेल वितरण शाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्