ताप्लेजुङ, २६ कार्तिक । ताप्लेजुङमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार अटोरिक्सा दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुदाँ पाथीभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उहाँका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको हो ।
सदरमुकाम फुङलिङ नगरपालिका वडा नम्बर–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बरको अटोरिक्सा दुर्घटना भएको हो । उनीहरु उपचारका लागि काठमाण्डौ हिँडेका थिए । घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्