सर्लाही, २८ कार्तिक । जिल्लाको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने एक युवकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी हो ।
हिजो साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ । शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्