Banner News

गठबन्धनको घोषणापत्र नै बाजेको छ, केही लागू गदैनन्ः ओली



काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताउनुभयो । देशले जित्न एमालेले जित्नै पर्ने उहाँले सुनाउनुभयो ।

आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताउनुभयो । एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट ग्यारेन्टी भनिसकेको बताउनुभयो । स्थीर ल्याउन एमालेलाई जिताउँनै पर्ने भन्दै उहाँले सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘चुनावपछि पनि गठबन्धन रहन्छ रे ।

सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन । संघीयताको विषयमा पनि उस्तै छ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्री चाहिएको छ कसैलाई राष्ट्रपति । घोषणापत्र नै बाजेको छ। केही लागू गदैनन् । त्यसैमा झगडा गरिबस्छन्।’

उहाँले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गर्नुभयो । गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने दाबी गर्नुभयो । कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गर्नुभयो । अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको पनि उहाँले बताउनुभयो ।