समाचार

ललितपुरमा एक व्यवसायी मृत फेला



काठमाडौँ, २८ कार्तिक । ललितपुरको नख्खुमा एक बालुवा व्यवसायी मृत फेला परेका छन् ।

प्रहरी परिसर ललितपुरका अनुसार आइतबार रामेछाप घर भई नख्खुमा बालुवा व्यवसाय गर्दै आएका ३९ वर्षीय राजन बस्नेत मृत फेला परेका हुन् ।

मृतक बस्नेतको टाउकोमा गहिरो चोट लागेको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या गरिएको आशंका छ । शव शंकास्पद देखिएपछि पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।