काठमाडौँ, २९ कार्तिक । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश–१ का हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्