सुर्खेत, २९ कार्तिक । सुर्खेतमा एक वृद्धाको हत्या भएको छ ।
प्रहरीका अनुसार लेकवेशी नगरपालिका ९ चौरासेस्थित तिल्कीपानी बस्ने ७२ वर्षकी डिल्लीसरा जैसीको हत्या भएको हो ।
उनको टाउकोमा चोट लागेको र उनलाई मृत अवस्थामा स्थानीयले फेला पारेको हो । जैसी आफ्नै खेतमा रहेको कच्ची घरमा बस्दै आएकी थिइन् । उनको शव घरदेखि डेढ किलोमिटर टाढा भेटिएको थियो । जैसीलाई ढुंगाले थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्